ग्लोबल


बन्धकहरूलाई मृत्युदण्ड दिने हमासको धम्की, बाइडेन बने गम्भीर

बन्धकहरूलाई मृत्युदण्ड दिने हमासको धम्की, बाइडेन बने गम्भीर

फाइल फाेटाे


रासस/एएफपी
असोज २३, २०८० मंगलबार २२:३९, वासिङ्टन

अमेरिकाका राष्ट्रपति जो बाइडेनले इजरायलसँगको युद्धबारे इजरायली नेतासँग कुराकानी गर्ने तयारी गरिरहेका बेला हमासले बन्धकहरूलाई मृत्युदण्ड दिने धम्कीलाई गम्भीरतापूर्वक लिएको बताएका छन्। 

हमासले इजरायलले गाजामा बिना कुनै चेतावनी नागरिकविरुद्ध आक्रमण गरी बन्धक बनाइएकाहरुको हत्या गर्ने चेतावनी दिएपछि ह्वाइट हाउसले स्थितिलाई नजिकबाट नियालिरहेको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताएका छन्। 

किर्बीले सीएनएनसँगको कुराकानीमा भने, ‘यस्तो धम्कीलाई तपाईं हल्का रूपमा लिन सक्नुहुन्न। हमासले आफू सक्षम रहेको देखाइसकेको बर्बरताका कारण तपाईंले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ।’

असी वर्षीय बाइडेनले इजरायल–गाजा द्वन्द्वमा इजरायलको समर्थन गरे पनि आइतबारदेखि सार्वजनिक रूपमा केही बोलेका छैनन्। सम्भावित बन्धक सङ्कट र क्षेत्रीय युद्धको खतराप्रति ध्यान दिँदै उनले युद्धबारे तत्काल कुनै प्रतिक्रिया नदिएको अनुमान गरिएको छ। 

प्यालेस्टाइनी लडाकू समूह हमासले इजरायलमा शनिबार गरेको आक्रमणमा अपहरण गरी गाजा पुर्‍याइएकामध्ये अमेरिकी पनि रहेको र कम्तीमा ११ जना अमेरिकी नागरिकको मृत्यु भएको राष्ट्रपति बाइडेनले बताएका छन्। 

बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले मङ्गलबार बिहान इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग राष्ट्रिय सुरक्षा टोलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको ह्वाइट हाउसले जनाएको छ। 

नेतन्याहुसँग उनीहरूले ‘इजरायलका लागि अमेरिकी समर्थन’ र ‘इजरायलमाथिको यस आक्रमणको फाइदा उठाउन अन्य शत्रु शक्तिहरूलाई रोक्न’ प्रयासहरूबारे छलफल गर्नेछन्। इरानले हमासलाई समर्थन गर्दछ र यो कुरा दक्षिणी लेबनानबाट सञ्चालित लडाकु समूह हिजबुल्लाहको हमासलाई सहयोग गर्ने प्रतिवद्धताबाट स्पष्ट हुन्छ। 

इजरायलमा ७५ वर्षको इतिहासकै सबैभन्दा खराब आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९०० नाघेको छ भने गाजाका अधिकारीहरूले इजरायली हवाई आक्रमणमा ७६५ जनाको मृत्यु भएको जानकारी दिएका छन्।

हमासले आफ्नो आक्रमणपछि करिब १५० जनालाई बन्धक बनाएको छ, यसमा बालबालिका, वृद्धवृद्धा र युवा छन्। उनीहरूलाई एक सङ्गीत महोत्सवमा पक्राउ गरिएको थियो जहाँ करिब २७० जनाको मृत्यु भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad