ad ad

ग्लोबल


हमासले छोरी लगिरहेको भिडिओ देखेपछि जर्मन आमाको हारगुहार

हमासले छोरी लगिरहेको भिडिओ देखेपछि जर्मन आमाको हारगुहार

ती जर्मन छोरी र आमा


नेपालखबर
असोज २२, २०८० सोमबार ७:२४, काठमाडौँ

प्यालेस्टाइनी चरमपन्थी समूह हमासले शनिबार गरेको आक्रमणपछि बेपत्ता आफ्नी छोरीको उद्धारका लागि एक जर्मन आमाले सार्वजनिक अपिल गरेकी छन्।

इजरायलमा गाजापट्टीनजिकै आयोजना भइरहेको संगीत महोत्सवमा हमासका चरमपन्थीहरूले आक्रमण गरी उनकी छोरी (शनि लुक) लाई ट्रकमा हालेर लगेको बताइएको छ। 

शनि लुक एक जर्मन पर्यटक हुन्। उनी उक्त महोत्सवमा सहभागी थिइन्। त्यहाँ हमासका लडाकुले आक्रमण गरेको र उपस्थित मानिसहरू मरुभूमितर्फ दौडिरहेको भिडिओ सार्वजनिक भएको हो।   

त्यसमा आफ्नी छोरी कारमा अचेत अवस्थामा देखिएको शनि लुककी आमा रिकार्डाले बताएकी छन्। 

आफ्नी २० वर्षीया छोरीको तस्बिर लिँदै रिकार्डाले सामाजिक सञ्जालमा  अपिल जारी गरेर दक्षिणी इजरायलमा प्यालेस्टिनी हमासले पर्यटकहरूको समूहलाई अपहरण गरेको उल्लेख गरेकी छन्। 

‘हामीलाई पठाइएको भिडिओमा, मैले मेरी छोरी अचेत अवस्थामा रहेको स्पष्ट रूपमा चिन्नसक्छु। उनीहरू उनलाई गाजापट्टीमा लैजाँदै थिए’, उनले भनेकी छन्।

गाजामा इजरायलले जवाफी हवाई आक्रमण जारी राखेको छ । अर्कोतर्फ गाजाबाट इजरायलको दक्षिणतर्फ पनि रकेट प्रहार भइरहेको छ ।

बीबीसीका अनुसार इजरायल–हमास लडाइँमा हालसम्म ९७० जनाको मृत्यु भइसकेको छ।

संगीत महोत्सवमा सहभागी भएका धेरै व्यक्ति अझै बेपत्ता छन्।  उनीहरूमध्ये धेरैलाई अतिवादीहरूले बन्धक बनाएको आशंका छ।

हमासको आक्रमणमा इजरायलमा ६०० भन्दा बढीको मृत्यु भइसकेको छ भने २००० जना घाइते भएका छन्।

इजरायली अधिकारीहरूले यस आक्रमणको क्रममा हमासका चरमपन्थीहरूले १०० भन्दा बढी व्यक्तिलाई अपहरण गरी बन्धक बनाएको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .