ad ad

ग्लोबल


अफगानिस्तान भूकम्प : मृतकको संख्या २ सय पुग्यो, धेरै मानिस भग्नावशेषभित्र

अफगानिस्तान भूकम्प : मृतकको संख्या २ सय पुग्यो, धेरै मानिस भग्नावशेषभित्र

नेपालखबर
असोज २१, २०८० आइतबार १०:५०, काठमाडौँ

अफगानिस्तानको हेरात प्रान्तमा शनिबार राति गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या २ सय पुगेको छ। 

बीबीसीका अनुसार भत्किएका भवनको भग्नावशेषमा धेरै मानिस दबिएका छन्। 

स्थानीय चिकित्सा स्रोतहरूले अहिलेसम्म कम्तीमा २०० जनाको मृत्यु भएको बताएका छन्।

विपद् व्यवस्थापन प्रमुखले हजार जना घाइते भएको जानकारी दिएका छन्। धेरै गाउँ पूर्ण रूपमा ध्वस्त भएका छन्।

शनिबार राति अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। शक्तिशाली भूकम्पपछि लामो समयसम्म धक्का महसुस भइरहेको जनाइएको छ। 

भूकम्पले इरानसँगको सीमा नजिकै रहेको हेरात सहरका भवनमा क्षति पुगेको बीबीसीले उल्लेख गरेको छ। 

गत जुनमा पनि त्यहाँ भूकम्प जाँदा हजारभन्दा बढीको ज्यान गएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .