ad ad

समाज


दाङमा ४ महिनाअघि प्रेम विवाह गरेका दम्पतीको शव बन्द कोठामा भेटियो

दाङमा ४ महिनाअघि प्रेम विवाह गरेका दम्पतीको शव बन्द कोठामा भेटियो

फाइल तस्बिर


नेपालखबर
असोज २१, २०८० आइतबार ११:८, काठमाडौँ

दाङको तुलसीपुरमा बन्द कोठाभित्र नव विवाहित पति पत्नीको शव फेला परेको छ। पत्नीको हत्यापछि युवकले आत्महत्या गरेको प्रारम्भिक निस्कर्ष प्रहरीले निकालेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीका अनुसार तुलसीपुरमा डेरा गरी बस्ने सल्यानको त्रिवेणी गाउँपालिका – ४ फलाबाङ २५ वर्षीय सुशील भण्डारी र २१ वर्षीया पवित्रा डाँगी शनिबार कोठाभित्रै मृत फेला परेका हुन्।

‘भण्डारीले पत्नीको हत्यापछि आफूले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक निस्कर्ष हामीले निकालेका छौँ,’ एसपी केसीले नेपालखबरसँग भने, ‘उनीहरुको शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ। पोष्टमार्टमपछि मृत्युको कारण खुल्ला।’ 

शनिबार अबेरसम्म ढोका नखुलेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले ढोका फुटाएर हेर्दा दुवै मृत अवस्थामा फेला परेका थिए।

गएको असारमा मात्रै उनीहरुले प्रेम विवाह गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

गाउँमै प्रेम विवाह गरेपछि उनीहरु तुलसीपुर उपमहानगरपालिका –९ बेलुवामा कोठा भाडामा लिएर बस्दै आएका थिए।  

‘बन्द कोठाभित्र भण्डारीको शव झुन्डिएको अवस्थामा र पवित्राको शव ओछ्यानमा फेला परेको हो,’ एसपी केसीले भने, ‘युवतीको शरीरमा चोटपटक देखिन्छ। पत्नीको हत्यापछि उनले आत्महत्या गरेको जस्तो देखिन्छ।’ 

भण्डारीले पत्नीको हत्यापछि लेखेको सुसाइड नोट पनि प्रहरीले फेला परेको छ। त्यसमा उनले श्रीमतीले सधैँ किचकिच गरेको उल्लेख गरेका छन्। 

तर सुसाइड नोटमा भण्डारीको लेखाइ स्पष्ट नभएकाले त्यसबाट सबै विषय खुल्न नसकेको केसीले बताए। 

विवाहपछि रोजगारी खोज्दै उनीहरु करिब दुई महिनाअघि मात्रै दाङ झरेका आफन्तले बताएका छन्। उनीहरुले तुलसीपुरमा डेरामा बसेर ज्याला मजदुरी गर्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको एसपी केसीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .