हमासको आक्रमणले इजरायलको अवस्था भयावह भएपछि त्यहाँस्थित भारतीय दूतावासले आफ्ना नागरिकलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार साथै, इजरायलबाट भारत जाने र आउने उडान पनि बन्द गरिएका छन्।
भारतीय प्रधानमन्त्री मोदीले कठिन समयमा भारत इजरायलका जनताको साथमा रहेको बताएका छन्।
यो खबर लेख्दासम्म हमास आक्रमणमा परी मृत्यु हुने इजरायलीको संख्या ७० पुगेको इजरायलको आपतकालीन सेवा प्रदायकले बताएका छन्।
‘मृतकको संख्या ७० पुगेको छ र सयौँ गम्भीर र सामान्य घाइते भएका छन्’, आपतकालीन स्वास्थ्य सेवाले भनेको छ।
हमासले भने ५३ जना इजरायलीलाई युद्धबन्दी बनाएको दाबी गरेको छ। हमासले उच्च अधिकारीलाई पनि समातेको बताएको छ।
177
Shares
प्रतिक्रिया