ad ad

ग्लोबल


आफ्नै पार्टीका सांसदहरूले विद्रोह गरेपछि अमेरिकी सभामुख पदच्युत

आफ्नै पार्टीका सांसदहरूले विद्रोह गरेपछि अमेरिकी सभामुख पदच्युत

नेपालखबर
असोज १७, २०८० बुधबार १५:४२,

अमेरिकी संसदको तल्लो सदनका सभामुख पदच्युत भएका छन्। रिपब्लिकन पार्टीकै सांसदहरूले उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि केभिन मकार्थीले पद गुमाएका हुन्।

उनको विपक्षमा २१६ मत पर्दा पक्षमा २१० मत परेको थियो। उनी हाउस अफ रिप्रेजेन्टेटिभ्समा बहुमत रहेको रिपब्लिकन पार्टीका नेता हुन्। अमेरिकाको इतिहासमै यसरी पहिलो पटक सभामुखलाई हटाइएको हो।

मकार्थीले डेमोक्र्याट पार्टीसँग बजेट विधेयकमा सहमति गरेको भन्दै उनकै पार्टीका कट्टरपन्थीहरू आक्रोशित थिए।

फ्लोरिडाबाट निर्वाचित सांसद म्याट गेट्जको नेतृत्वमा रिपब्लिकन पार्टीका सांसदहरू उनीविरुद्ध उठेका थिए। गेट्ज डोनाल्ड ट्रम्पनिकट हुन्।

यो घटनाले रिपब्लिकन पार्टीभित्र संकट गहिरिएको छ। अब को सभामुख बन्ने भन्ने स्पष्ट भएको छैन।

मकार्थीले आफू फेरि सभामुखमा नउठ्ने बताएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .