ad ad

ग्लोबल


भारतको झारखण्डमा वर्षा र चट्याङले आठजनाको मृत्यु

भारतको झारखण्डमा वर्षा र चट्याङले आठजनाको मृत्यु

नेपालखबर
असोज १६, २०८० मंगलबार ८:२, काठमाडौँ

भारतको पूर्वी राज्य झारखण्डमा भारी वर्षा र चट्याङका कारण कम्तीमा आठजनाको मृत्यु भएको छ। 

क्षेत्रीय विपद् व्यवस्थापन निकायका अनुसार भारी वर्षाका कारण आएको बाढी र डुबानका कारण अन्य कैयौँ व्यक्ति घाइते भएका छन् भने केही वेपत्ता छन्।

झाखण्डको जामतारा जिल्लामा चट्याङ लागेर एक महिलासँगै उनका डेढ वर्षदेखि सात वर्षसम्मका  बालबालिकाको मृत्यु भएको प्रहरी अधिकारीहरुले बताएका छन्। 

झारखण्डका केही भागमा शनिबारदेखि लगातार वर्षा भइरहेको छ। वर्षा अझै केही दिन जारी रहने मौसमविदहरुले बताएका छन्। 

अविरल वर्षाका कारण घरहरु क्षतिग्रस्त हुनुका साथै सडक डुबानमा परेका छन्। नदीमा पानीको बहाव खतराको तहसम्म पुगेको विपद व्यवस्थापन अधिकारीहरुले बताएका छन्।

झारखण्डका केही भागमा शनिबार साँझदेखि अविरल वर्षा भइरहेको छ। जसले धेरै कल्भर्टहरू, डाइभर्सनहरूलाई क्षति पुर्याएको छ। राँचीमा भारी वर्षापछि सडक जलमग्न बनेका छन्। 

रांची मौसम विज्ञान केन्द्रका इन्चार्ज अभिषेक आनन्दका अनुसार न्यून चापीय प्रणालीको प्रभावका कारण झारखण्डमा व्यापक वर्षा भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .