मेक्सिकोमा एउटा चर्चको छाना खस्दा सात जनाको मृत्यु भएको छ। यसको भग्नावशेषमा ३० जना फसेको स्थानीय सञ्चारमाध्यमले जनाएको छन्।
मानिसलाई बाहिर निकाल्ने काम तीव्र गतिमा भइरहेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार १० जनालाई भग्नावशेषबाट निकालेर अस्पताल लगिएको छ।
उक्त दुर्घटना सिउडेड मडेरोस्थित सान्ता क्रुज चर्चमा भएको हो।
तटीय प्रान्त तामौलिपासका प्रहरीले छाना खस्दा चर्चमा भएको सामूहिक प्रार्थना सभामा करिब १०० जना उपस्थित रहेको बताएको छ।
असोज १५, २०८०, साेमबार
45
Shares
प्रतिक्रिया