ad ad

ग्लोबल


पुटिन भेट्न रेल चढेर हिँडे किम, कस्तो छ उनको विलासी ट्रेन?

पुटिन भेट्न रेल चढेर हिँडे किम, कस्तो छ उनको विलासी ट्रेन?

नेपालखबर
भदौ २५, २०८० सोमबार १६:४३,

उत्तर कोरियाली नेता किम जोङ उन रुसतर्फ लागेका छन्। राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्न रेल चढेर उनी भ्लादिभोस्तोकतर्फ लागेको बताइएको छ।

दक्षिण कोरियाली सञ्चारमाध्यमहरुले सरकारी अधिकारीहरुलाई उधृत गर्दै विदेश जाँदा किम चढ्ने गरेको रेल प्योङयाङबाट हिँडेको खबर प्रकाशित गरेका छन्।

किम र पुटिनबीच मंगलबार भेट हुने अड्कल गरिएको छ।

यसअघि रुसी समाचार एजेन्सीहरुले केही दिनमै किमले रुस भ्रमण गर्ने बताएको थियो।

यो गत चार वर्षमा किमको पहिलो विदेश भ्रमण हुनेछ। महामारीयता उनी कतै गएका छैनन्।

अमेरिकी अधिकारीहरुले किम र पुटिनबीच उत्तर कोरियाली हतियार खरिदबारे छलफल हुने बताउँदै आएका छन्।

ह्वाइ हाउसले यी दुई मुलुकबीच हतियारबारे छलफल भइरहेको दाबी गरेको थियो। रुसी रक्षामन्त्री सेर्गेइ सोइगुले उत्तर कोरियालाई तोपका गोला बेच्न फकाइरहेको अमेरिकी राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन कर्बीले बताएका थिए।

सोइगुले जुलाईमा उत्तर कोरिया घ्रमण गरेका थिए। 

रुसले उत्तर कोरियासँग हतियारको सट्टा खाद्यान्न र कच्चा पदार्थ दिने प्रस्ताव राख्न सक्ने बताइएको छ।

रेलभित्र चिनियाँ नेताहरुसँग कुराकानी गर्दै किम

यसले उत्तर कोरियालाई थप आधुनिक हतियार विकास गर्न सहयोग पुग्ने आकलन विश्लेषकहरुको छ।

यसअघि किमले २०१९ मा भ्लादिभोस्तकमै पुटिनसँग भेटेका थिए। तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्सँग उत्तर कोरियाको आणविक निशस्त्रीकरण वार्ता असफल भएपछि उनी पुटिनलाई भेट्न पुगेका थिए।

त्यतिबेला पनि उनी रेल चढेरै भ्लादिभोस्तोक पुगेका थिए।

कस्तो छ किम चढ्ने रेल?
किमले विदेश यात्रामा प्रयोग गर्ने गरेको रेल निकै विलासी मानिन्छ। जम्मा ९० डिब्बा भएको बख्तरबन्द ट्रेनमा कम्तीमा २० वटा बुलेटप्रुफ रहेको विश्वास गरिन्छ। जसका कारण यो साधारण ट्रेनभन्दा गह्रौँ छ। 

बाहिर ट्रेनमा हरियो र पहेँलो रङ पोतिएको छ भने भित्र सेतो रङ देखिन्छ। जहाँ ब्रिफिङहरुका लागि ठूला टेबल, मोनिटरहरु र राता कुर्सीहरु देखिन्छन्।

ट्रेनभित्रै मर्सिडिज कार समेत रहेको बताइएको छ।

यो रेल प्रतिघण्टा ५९ किमिभन्दा छिटो दौडिन सक्दैन। जसका कारण उनलाई भ्लादिभोस्तोकसम्म पुग्न पूरै एक दिन लाग्छ। 

किमलाई स्वागत गर्ने तयारीमा रहेका पुटिनको पनि आफ्नै लक्जरी ट्रेन छ। उनी बारम्बार रेलमा यात्रा गर्ने गर्छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .