ad ad

ग्लोबल


जी२० : दिल्ली घोषणा पत्र जारी गर्न सबै मुलुक सहमत

जी२० : दिल्ली घोषणा पत्र जारी गर्न सबै मुलुक सहमत

नेपालखबर
भदौ २३, २०८० शनिबार २१:४१,

जी२० मुलुकका नेताहरु घोषणा पत्र जारी गर्न सहमत भएका छन्। आयोजक राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसको जानकारी दिएका हुन्।

‘हाम्रो टोलीको कडा मेहनत र सबैको सहयोगले दिल्ली जी२० घोषणापत्रमा आम सहमति कायम भएको छ,’ मोदीले भने, ‘म यस घोषणा पत्र अनुमोदन गर्ने घोषणा गर्दछु।’

नयाँदिल्ली घोषणापत्र मजबुत, दिगो, सन्तुलित र समावेशी विकास, हरित विकास सम्झौता, २१औँ शताब्दीका लागि बहुपक्षीय संस्थाजस्ता विषयमा केन्द्रित रहेको बताइएको छ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणका अनुसार विश्व बैंकको वित्तपोषण क्षमता बढाउने सहमति भएको छ।

जी२० का नेताहरुका लागि युक्रेन युद्ध टाउको दुखाइको विषय बन्दै आएको छ। किनभने यसप्रति भारत र पश्चिमा मुलुकहरुको धारणाबीच धेरै फरक छ। 

त्यसैले यसबारे यसअघि बालीमा प्रयोग गरिएको भाषा नै दोहो¥याृने सहभति भएको छ।

आइतबार जी २० सम्मेलनको अन्तिम दिन हुनेछ। जसमा एक भविष्य विषयमा तेस्रो सत्र आयोजना गरिनेछ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .