जी–२० बैठकमा सहभागी हुन आएका अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको छ।
यो कुराकानीपछि प्रधानमन्त्री कार्यालयले तस्बिर सार्वजनिक गरेको हो।

उल्लेखनीय कुरा के छ भने जी २० देशहरूको शिखर सम्मेलन शनिबार दिल्लीमा सुरु हुँदैछ, जसमा सहभागी हुन विश्वका सबै शीर्ष राष्ट्र प्रमुख भारत आइपुगेका छन्।
भेटको बारेमा प्रधानमन्त्रीको कार्यालयले ट्वीट गर्दै लेखेको छ- प्रधानमन्त्री मोदी र राष्ट्रपति बाइडेनले जनहितबारे वार्ता गरिरहेका छन्। उनीहरुबीच धेरै विषयमा वार्ता भइरहेको छ र यी वार्ताले भारत र अमेरिकाबीचको सम्बन्धलाई थप मजबुत बनाउनेछ।
Prime Minister @narendramodi and @POTUS @JoeBiden are holding talks at 7, Lok Kalyan Marg in Delhi.
— PMO India (@PMOIndia) September 8, 2023
Their discussions include a wide range of issues and will further deepen the bond between India and USA. 🇮🇳 🇺🇸 pic.twitter.com/PWGBOZIwNT
Shares

प्रतिक्रिया