ad ad

ग्लोबल


युक्रेनको डोनेस्क क्षेत्रको बजारमा रुसले गर्‍यो मिसाइल आक्रमण, १६ जनाको मृत्यु

युक्रेनको डोनेस्क क्षेत्रको बजारमा रुसले गर्‍यो मिसाइल आक्रमण, १६ जनाको मृत्यु

नेपालखबर
भदौ २०, २०८० बुधबार १९:५६, काठमाडौँ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कोस्ट्यान्निभका सहरमा रुसले गरेको मिसाइल आक्रमणमा १६ जनाको मृत्यु भएको बताएका छन्। 

उक्त सहर डोनेस्क क्षेत्रमा अवस्थित छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यो हमला बजारमा भएको र धेरै मानिस घाइते भएको बताएका छन्। मृत्यु हुनेको संख्या पनि बढ्न सक्ने उनको भनाइ छ। 

जेलेन्स्कीले यो आक्रमणलाई अमानवीय भनेका छन्। राष्ट्रपतिले मृत्यु हुनेले कुनै अपराध नगरेको बताए।

यसै क्रममा जापोरिजिया क्षेत्रका प्रमुखले रुसी रकेट आक्रमणमा दुई जना घाइते भएको बताएका छन्।

यसैबीच युक्रेनको संसदले रुस्तम उमरोभलाई देशको रक्षामन्त्रीमा नियुक्त गरेको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .