ad ad

ग्लोबल


विस्फोट नभएका अमेरिकी हतियारले लिँदैछ अफगानीको ज्यान

विस्फोट नभएका अमेरिकी हतियारले लिँदैछ अफगानीको ज्यान

अमेरिकी हतियार विस्फोटमा घाइते बालक। तस्बिर : अलजजिरा


सिन्ह्वा
भदौ १३, २०८० बुधबार १२:८, काठमाडौँ

५४ वर्षीय खुदाइ रहीम अफगानिस्तानको फराह प्रान्तको फराह रोड जिल्लास्थित रिग्रेशन गाउँका बासिन्दा हुन्।

उनले सन् २०२१ मा अनएक्सप्लोडेड अर्डनन्स (युएक्सओ) को विस्फोटमा दुई छोराहरु गुमाएका थिए । उनका अर्को छोरा सन् २०२२ मा भएको माइन विस्फोटमा गम्भीर घाइते भए।

उनका तेस्रो छाराले सन् २०२२ मा खेलौना सोचेर विस्फोटक पदार्थसँग खेलिरहेका थिए। त्यस क्रममा उनी विस्फोटमा परी घाइते भए। उनको पेटमा गहिरो चोट छ।

अमेरिकी नेतृत्व गर्ने सैनिक टोलीमा रहेका अन्तिम व्यक्तिले २० वर्ष सैन्य कब्जापछि अगस्ट २०२१ को अन्तिममा अफगानिस्तान छोडेका थिए।

तर अमेरिकी सेनाबाट बाँकी रहेको युएक्सओ (विष्फोटक)ले वर्षौंदेखि आफगानी जनताको ज्यान लिइरहेको छ।

रहिमका अनुसार उनले छोराको उपचारका लागि ३ लाख ७५ हजार अफगानी रकम (४५ सय अमेरिकी डलर) खर्च गरेका थिए। अमेरिकी सेनाले ४ वर्षअघि रिग्रेसन गाउँमा बमबारी गरेको थियो।

रिग्रेसन गाउँका १७ वर्षीय समिउल्लाह अमेरिकी सेनाले छोडेको युएक्सओले अफगानिस्तानको जीवनलाई खतरामा पार्ने भन्दै चिन्ता व्यक्त गर्छन्।

आफ्नो भाइ १५ वर्षको भएको बेलामा डेढ महिनाअघि भएको बिस्फोटमा परी मारिएको बताए। अमेरिकीहरुले छोडेको बमले बालबालिका र युवाहरुको ज्यान लिइरहेको उनी बताउँछन्। 

त्यस्तै डर छ, पीडित ३३ वर्षीय मोम्मद इब्राहिमलाई। युएक्सओपीडित उनी बमले आफूलाई सधैँका लागि शारीरिक अशक्त बनाएको बताउँछन्। करिव पाँच वर्ष पहिला भएको बम बिस्फोटमा आफ्नो हात गुमाउनु परेको उनले बताए। 

उनले अहिलेसम्म कुनै क्षतिपूर्ति पाएका छैनन्। ब्राउन युनिभर्सिटी अन्तर्गतको कस्ट्स अफ वार परियोजनाको रिपोर्टअनुसार अफगानिस्तानको भूमि बिस्फोट नगरिएका हतियारयुक्त छ।

जसले दशौं हजार अफगानी बालबालिकाहरु, युवाहरु मारिएका र घाइते अवस्थामा छन्।

रेडक्रसको अन्तर्राष्ट्रिय समितिले सन् २०२२ को जनवरीदेखि जुन २०२३ सम्म अफगानिस्तानमा बारुदी सुरुङ र बिस्फोटक पदार्थका अवशेषहरु समावेश भएका ५४१ घटनामा ६४० बालबालिको मृत्यु भएको र धेरै जना घाइते भएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .