सुनको मूल्य आज एकैपटक प्रतितोला आठ सय रुपैयाँले बढेको छ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार पाँच सय निर्धारण गरिएको छ।
अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार सात सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला आठ सयले बढेको हो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले बढेर एक हजार चार सय ८५ तोकिएको महासंघले जनाएको छ।
महासंघले अन्तरर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। रासस
39
Shares
प्रतिक्रिया