बेलायतमा हजारौं हवाई यात्रु समस्यामा परेका छन्।
बीबीसीका अनुसार बेलायतको एयर ट्राफिक कन्ट्रोलमा आएको प्राविधिक समस्याका कारण हजारौं उडान रद्द भएका छन् भने उडान ढिला भइरहेका छन्।
बेलायतमा एयर ट्राफिक कन्ट्रोल गर्ने नेटले उडानसँग सम्बन्धित योजना प्रणाली बिग्रिएको बताएको छ।
जसका कारण अब उडानको योजना कुनै प्रणालीविना नै गर्नुपर्ने भएको छ। अर्थात् जुन गतिमा मेसिनले कुनै काम गर्दथ्यो, अब त्यो काम मानिसले गर्नुपर्छ । त्यसैले यसमा ढिलाइ हुने निश्चित छ।
यो प्राविधिक गडबडीका कारण मानिसहरू बेलायत र विदेशमा अलपत्र परेका छन्।
255
Shares

प्रतिक्रिया