ad ad

ग्लोबल


विमान दुर्घटनामा मारिए रुसमा सैन्य विद्रोह गरेका वाग्नर प्रमुख प्रिगोजिन

विमान दुर्घटनामा मारिए रुसमा सैन्य विद्रोह गरेका वाग्नर प्रमुख प्रिगोजिन

नेपालखबर
भदौ ६, २०८० बुधबार २३:२६,

रुसमा केही समयअघि सरकारविरुद्ध असफल सैन्य विद्रोह गरेका यव्गेनी प्रिगोजिनको विमान दुर्घटनामा मृत्यु भएको बताइएको छ।

दुर्घटनाग्रस्त एक निजी विमानमा रहेका १० यात्रुमध्ये उनको नाम पनि समावेश छ। 

उनी सोही विमानमा भएको बताइएको छ। विमानमा रहेका तीन चालकसहित सबैको ज्यान गएको जनाइएको छ।

मस्कोबाट उत्तरतर्फको त्वेर क्षेत्रमा सो विमान खसाइएको केही सञ्चारमाध्यमले दाबी गरेका छन्। यसबारे थप विवरण आउन बाँकी छ।

प्रिगोजिन निजी सैन्य समूह वाग्नरका प्रमुख हुन्। युक्रेनमा युद्धरत वाग्नर समूहले गत जुन महिनामा सरकारी सेनाविरुद्ध विद्रोह गरेको थियो।

सीमावर्ती क्षेत्रबाट मस्कोतर्फ बढेको सो फौज २४ घण्टापछि सम्झौता भएपछि रोकिएको थियो। 

त्यसपछि वाग्नरलाई युक्रेनबाट हटाएर बेलारुस पठाइएको थियो। एजेन्सी 

यो पनि : 

राष्ट्रिय सेनाविरुद्ध किन उत्रिए ‘पुटिनका भान्से’?

वाग्नर विद्रोहले अझ लम्ब्यायो पुटिन-सत्ताको आयु

 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .