पाकिस्तानको खैबर पख्तुनख्वामा नदीमाथि झुन्डिरहेको केबलकारबाट चार बालबालिकासहित ६ जनालाई बाहिर निकाल्ने प्रयास जारी छ।
यो केबलकार ९०० फिटको उचाइमा झुन्डिरहेको छ। जसको तल विशाल नदी बगिरहेको छ। सुरुमा केबलकार ८ जना थिए, तीमध्ये दुई बालबालिकालाई भने हिजै उद्धार गरिएको छ।
बाँकी ६ जना भने रातभर केबलकारमै फसेर बसेका छन्।
यो सुन्दर क्षेत्र हो तर त्यहाँ सडकलगायत आधारभूत सुविधा छैन। यहाँ एक पहाडबाट अर्को पहाडसम्म पुग्न केबलकारकै सहारा लिइन्छ।
केबलकारमार्फत यात्रा गरिरहेका उनीहरू बीचमै अड्किपछि अलपत्र परेका हुन्। बीबीसी
609
Shares

प्रतिक्रिया