ad ad

ग्लोबल


भारतको सबैभन्दा जेठो बिजुलीप्रसाद रहेन

भारतको सबैभन्दा जेठो बिजुलीप्रसाद रहेन

नेपालखबर
भदौ ५, २०८० मंगलबार २१:५३, काठमाडौँ

भारतको सबैभन्दा जेठो हात्तीको ८९ वर्षको उमेरमा मृत्यु भएको छ। यो हात्ती विश्वको सबैभन्दा बूढो मध्येको एक हो।

भारतको पूर्वी राज्य आसामको सोनितपुर जिल्लास्थित चिया बगानमा यो हात्तीको मृत्यु भएको त्यसको हेरचाहमा खटिएका एक कर्मचारीले एएफपीलाई बताएका छन्।

सन् १९४० मा एक जना बेलायती किसानले चिया बगानमा काम गर्न ल्याएको यो हात्तीलाई पाँच वर्षअघिसम्म काममा लगाइएको थियो।

‘बिजुलीप्रसाद’ नामको यो हात्तीका सबै दाँत झरेकाले उसलाई पछिल्लो समय चामल र भटमास पकाएर खुवाइने गरिएको थियो। 

पशु चिकित्सक कुशल कोंवर सरमानका अनुसार हात्तीको औसत उमेर ८० वर्ष हो।

बिजुलीप्रसादको सोमबार बिहान निधन भएको हो। पर्याप्त प्राकृतिक आहारको अभावमा पनि उसको ज्यान गएको हुनसक्ने सरमानको अनुमान छ। (रासस/एएफपी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .