पाकिस्तानको खैबर पख्तुनख्वा राज्यमा ९ सय फिट उचाइमा रहेको केबलकारमा फसेका ८ जनामध्ये २ बालबालिकाको उद्धार गरिएको छ।
केबलकारमा फस्नेमा ६ विद्यार्थी र २ जना शिक्षक थिए। तीमध्ये २ विद्यार्थीको उद्धार गरिएको हो। तल गहिरो खोला छ, जुन वर्षाका कारण उर्लिएको छ।
अन्य ६ जनाको उद्धारका लागि सेनाका दुईवटा हेलिकप्टरबाट गरिएको अपरेसन राति र भारी वर्षाका कारण रोकिएको पाकिस्तानको पत्रिका ‘द डन’ले जनाएको छ।
पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवर–उल–हक काकरले खैबर सरकार र सेनालाई उद्धार छिटो गर्न निर्देशन दिएका छन्।
111
Shares
प्रतिक्रिया