ग्लोबल


लाओसमा डेंगीबाट सङ्क्रमितको सङ्ख्या २० हजार ९३६ पुग्यो, १४ जनाको मृत्यु

लाओसमा डेंगीबाट सङ्क्रमितको सङ्ख्या २० हजार ९३६ पुग्यो, १४ जनाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
साउन ३२, २०८० बिहिबार २१:३०, काठमाडौँ

लाओसमा डेंगी ज्वरोका घटनाहरू जनवरीदेखि हालसम्म २० हजार ९३६ पुगेको छ। ती सङ्क्रमित  मध्ये १४ जनाको मृत्यु भएको लाओको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको सूचना तथा शिक्षा केन्द्रले बिहीबार जारी गरेको प्रतिवेदनमा सबैभन्दा बढी ओडोम्क्से प्रान्तमा ४ हजार १६१, खम्मुआन प्रान्तमा ३ हजार ८२ र लुआङ प्राबाङ प्रान्तमा २ हजार २ सय ५० जनामा सङ्क्रमण देखिएको पाइएको छ। 

यसैगरी डेंगीका कारण बोलिखाम्क्से प्रान्तमा पाँच, सवान्नाखेत र लाओको राजधानी भेन्टियानमा दुई–दुई र ओडोम्क्से, खम्मुवान, जायाबोरी, अटापेउ र भेन्टियाने प्रान्तमा एक–एक गरी १४ जनाको मृत्यु भएको जानकारी गराइएको छ।

विशेष गरी वर्षाको मौसममा डेंगी फैलाउने लामखुट्टे पानी जमेको ठाउँमा बस्ने गरेको पाइएको छ। 

लाओ स्वास्थ्य मन्त्रालयले देशव्यापीरूपमा सतर्कता अपनाउँन आग्रह गरेको छ।  स्वास्थ्य अधिकारीहरू र चिकित्सकहरू परिचालित गरिएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad