ad ad

ग्लोबल


विमानभित्रै पाइलटको मृत्यु, को-पाइलटले गराए आकस्मिक अवतरण

विमानभित्रै पाइलटको मृत्यु, को-पाइलटले गराए आकस्मिक अवतरण

नेपालखबर
साउन ३२, २०८० बिहिबार १७:३४, काठमाडौँ

अमेरिकाको मियामीबाट २७१ जना यात्रु लिउर चिली गइरहेको एक उडानका पाइलटको जहाजको बाथरुममा लडेर मृत्यु भएको छ। 

यस घटनापछि मंगलबार राति पनामामा जहाजको आपातकालीन अवतरण गराइएको छ। 

यस विमानको आपातकालीन अवतरण सह-पाइलटले गराएका हुन्। समाचार अनुसार पाइलटको निधन हृदयघातका कारण भएको हो।

मृत्यु हुने पाइलट इवान अन्डार रहेका छन्। जसले लातम एयरलाइन्सको विमानको उडान भर्नुअघि अस्वस्थ महसुस गरेका थिए। 

बाथरुममा लडेपछि उनलाई जहाजका अन्य  चालक दलका सदस्यले बचाउन खोजेका थिए। तर उनको निधन भयो।

विमान पनामा सिटीको टोक्युम्यान अन्तर्राष्ट्रिय एयरपोर्टमा अवतरण गरेपछि त्यहाँ चिकित्सा विशेषज्ञले उपचार गर्न जुटेका थिए। तर त्यसबेलासम्म उनको निधन भइसकेको थियो। पाइलट अन्डारसँग २५ वर्ष जहाज उडाएको अनुभव थियो। 

सोमबार एयरलाइन्सको तर्फबाट जारी एक विज्ञप्तिमा उडान नम्बर एलए ५०५ मियामीबाट सान्टियागो जाने क्रममा मेडिकल इमरजेन्सीका कारण पनामाको टोक्यूम्यान अन्तर्राष्ट्रिय एयरपोर्टमा अवतरण गराइएको उल्लेख छ। 

तर जहाजको आपतकालीन अवतरण लगत्तै उपचार गरिए पनि त्यसबेलासम्म धेरै ढिला भइसकेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .