ad ad

ग्लोबल


गुलाम नबी आजादको दाबी– भारतका सबै मुस्लिम पहिले हिन्दू थिए

गुलाम नबी आजादको दाबी– भारतका सबै मुस्लिम पहिले हिन्दू थिए

नेपालखबर
साउन ३२, २०८० बिहिबार १४:४४, काठमाडौँ

भारतका पूर्वकेन्द्रीय मन्त्री तथा डेमोक्रेटिक प्रोग्रेसिभ आजाद पार्टीका अध्यक्ष गुलाम नबी आजादले भारतका सबै मुस्लिम पहिले हिन्दू भएको दाबी गरेका छन्। 

यससँगै उनले कश्मिरमा बसोबास गर्ने मुस्लिम समुदायविरुद्ध पनि टिप्पणी गरेका छन्।

उनले भनेका छन्, ‘कश्मिरमा बस्ने सबै मुस्लिम हिन्दू धर्मबाटै रूपान्तरण भएका हुन्।’

आजादले भने, ‘इस्लाम १५०० वर्षअगाडि आएको हो, हिन्दू धर्म धेरै पुरानो हो। १०–२० जना बाहिरबाट आएका होलान्...जो मुगलको सेनामा थिए। बाँकी सबै भारतमा हिन्दूबाट मुस्लिम बनेका हुन्। यसको उदाहरण हाम्रो कश्मिरमा छ। ६०० वर्ष पहिले कश्मिरमा को थिए मुस्लिम? सबै कश्मिरी पण्डित थिए।’ बीबीसी हिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .