ad ad

कला


विक्रमले ल्याए गीत ‘गर्लफ्रेन्ड छोडे मैले’

विक्रमले ल्याए गीत ‘गर्लफ्रेन्ड छोडे मैले’

नेपालखबर
साउन ३२, २०८० बिहिबार १४:५०, काठमाडौँ

नेपाली कला क्षेत्रका निर्माता, गायक तथा अभिनेताको रुपमा सक्रिय विक्रमजंग शाहले नयाँ गीत ‘गर्लफ्रेन्ड छोडे मैले’ सार्वजनिक गरेका छन्। यज्ञ विकको शब्द र सङ्गीत रहेको गीत गायनमा विक्रमलाई गायिका टिका पुनले साथ दिएकी छिन्।

बिनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको भिडिओमा ब्रेकअपको कन्सेप्ट देखाइएको छ।

प्रेमी र प्रेमिका बीच असमझदारी उत्पन्न भएपछि टुंगिने सम्बन्ध देखाएको गीतको भिडिओमा पल शाह, विजय पुन, बिष्णु पुन, यानी पुन लगायतले नृत्य गरेका छन्। गीतको भाव अनुसार नै भिडिओ तयार गरिएको गायक विक्रमले बताए।

उनले भने, ‘गीतमा अहिलेको यूवापुस्ताको प्रेम र त्यसपछिको परिस्थितिलाई देखाउने कोसिस गरेका छौं। यसमा सबैले उत्तिकै मेहनत गरेका छन्।’

उनले समझदारीमा प्रेमी र प्रेमिका छुटिने तथा त्यसलाई सेलिब्रेट गर्ने प्रस्तुतीलाई रुचाइएको जानकारी दिए। ‘मलाई सानै देखि नै कला क्षेत्रमा सक्रिय रहने इच्छा जागेको थियो। त्यसलाई नै पछ्याउँदै विभिन्न क्षेत्रमा मेरो उपस्थिति देखिएको हो’, गायक विक्रमले भने।

विक्रम चौहानको निर्देशन र नृत्य निर्देशनमा तयार भएको गीतको भिडिओमा अर्जुन तिवारीको छायांकन, मिलन विश्वकर्माको सम्पादन र रंग संयोजन रहेको छ। रैथाने गीतसङ्गीत पस्कने गायक विक्रमले यसअगाडी माइला, खोला खोल्सी, ज्यानलाई भो खतरा, टिलपिल तारा, मनमा तिमी लगायतका गीतहरूमार्फत दर्शक तथा श्रोताको मन जितिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .