ad ad

ग्लोबल


अमेरिकाको हवाई डढेलो : मृतकको संख्या १०६ पुग्यो, सरकारको आलोचना

अमेरिकाको हवाई डढेलो : मृतकको संख्या १०६ पुग्यो, सरकारको आलोचना

सिन्ह्वा
साउन ३२, २०८० बिहिबार १२:१७, काठमाडौँ

अमेरिकाको हवाईस्थित जंगलमा लागेको डढेलोबाट मृत्यु हुनेको संख्या मंगलबार साँझसम्म १०६ पुगेको छ।

हवाई राज्यको जंगलमा लागेको डढेलोबाट मृतकको संख्या बढ्दै गएपछि सरकारको आलोचना सुरु भएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले डढेलोबाट क्षति पुगेका परिवारलाई प्रति परिवार ७ सय डलरको सहयोग गरेसँगै सरकारको आलोचना सुरु भएको हो।

आलोचकहरुले उक्त सहायता रकम अपमानजनक भएको बताएका छन्।

संघीय आपत्कालीन व्यवस्थापन एजेन्सी (फेमा) ले हवाईका बासिन्दालाई सहयोग गर्न ३ सय कर्मचारी र १४० खोज तथा उद्धार टोली खटाएको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .