ad ad

ग्लोबल


लिबियामा भएको भिडन्तमा कम्तीमा २७ जनाको मृत्यु, सय बढी घाइते

लिबियामा भएको भिडन्तमा कम्तीमा २७ जनाको मृत्यु, सय बढी घाइते

सिन्ह्वा
साउन ३२, २०८० बिहिबार १२:७, काठमाडौँ

लिबियाको राजधानी त्रिपोलीमा भएको दुई समूहबीचको भिडन्तमा कम्तीमा २७ जनाको मृत्यु भएको छ।

उक्त भिडन्तमा अन्य सय भन्दा बढी मानिस घाइते भएको बताइएको छ।

बुधबार भएको भिडन्तमा २७ जनाको मृत्यु भएकोमा अरब लिग (एएल) ले चिन्ता व्यक्त गरेको छ। 

एएलले सहरमा तत्काल हिंसा अन्त्य गर्नसमेत आग्रह गरेको छ।

अन्य २३४ मानिसलाई भिडन्त भएको स्थानबाट सुरक्षित स्थानान्तरण गरिएको छ।

अहिले घाइतेहरुको उपचारका लागि आपत्कालीन स्थान निर्माण गरिएको छ।

नेता मुअम्मरको सन् २०११ मा मृत्यु भएपछि लिबियामा हिंसा भड्किरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .