ग्लोबल


अमेरिकी राष्ट्रपति बाइडेनको हत्या गर्ने धम्की दिने व्यक्ति एफबीआईको कारबाहीमा मारिए

अमेरिकी राष्ट्रपति बाइडेनको हत्या गर्ने धम्की दिने व्यक्ति एफबीआईको कारबाहीमा मारिए

फाइल तस्बिर : बाइडेन


नेपालखबर
साउन २५, २०८० बिहिबार ८:४७, काठमाडौँ

अमेरिका राष्ट्रपति जो बाइडेन र अन्य अधिकारीहरूलाई अनलाइनमार्फत हिंसात्मक धम्की दिने व्यक्ति एफबीआईको कारबाहीमा मारिएका छन्। राष्ट्रपति जो बाइडेनलाई उटाह राज्य भ्रमणका क्रममा बन्दुकले हानेर मार्ने धम्की दिने क्रेग रोबर्टसन नामका व्यक्ति एफबीआईको गोलीले मारिएका हुन्। 

राष्ट्रपति उटाह राज्य भ्रमणमा निस्किनु केही घण्टाअघि, एफबीआईका सदस्यहरूले रोबर्टसनलाई उनकै घरमा गिरफ्तार वारेन्ट पेस गर्ने प्रयास गरिरहेका थिए।

बीबीसीका अनुसार रोबर्टसनले राष्ट्रपति बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको मुद्दाको अनुसन्धानको नेतृत्व गर्ने व्यक्तिलाई फेसबुकमार्फत धम्की दिएका थिए। तर यसभन्दा बढी जानकारी एफबीआईले दिएको छैन। यो छापा एजेन्सीले स्थानीय समय अनुसार साँझ ६.१५ बजे मारेको थियो।

रोबर्टसनले बाइडेन र एल्भिन ब्रागलाई गोली हानेर मार्ने धम्की दिएका पोस्टरूको विवरण प्राप्त भएको जनाइएको छ। 
म्यानहट्टनका जिल्ला वकिल एल्भिन ब्रागले डोनाल्ड ट्रम्पले मुख बन्द गराउन फिल्म स्टारलाई पैसा दिएको आरोपसम्बन्धी मुद्दा अनुसन्धानको नेतृत्व गरिरहेका छन्।

उक्त व्यक्तिले अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्यान्ड र न्युयोर्कका महान्यायाधिवक्ता लेटिया जेम्सलाई पनि अनलाइनमार्फत धम्की दिएको आरोप छ। 

उनले फेसबुकमा लेखे, ‘मैले सुनेँ– बाइडेन उटाह आउँदैछन्। मेरो ःद्दद्ध स्नाइपर राइफलको धुलो सफा गर्दैछु।’
प्राप्त उजुरीका अनुसार, रोबर्टसनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा ब्रागविरुद्ध हिंसात्मक पोस्ट गरेपछि मार्चमा एफबीआईबाट छानबिनमा परेका थिए।

यसपछि एफबीआई एजेन्टहरूले रोबर्टसनलाई भेटे र त्यसपछि उनले यो धम्कीपूर्ण पोस्ट सपना मात्र भएको बताए र अर्को पटक बिना वारेन्ट नआउन अनुरोध गरे। 

यसपछि पनि रोबर्टसन रोकिएनन्। उनले धेरै अधिकारीहरूलाई बन्दुकको धम्की दिए र यी सन्देशहरू मंगलबार राति अबेरसम्म जारी रह्यो, त्यसपछि एफबीआईले यो कारबाही गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad