ग्लोबल


इक्वेडरमा राष्ट्रपति पदका उम्मेदवारको गोली हानी हत्या

इक्वेडरमा राष्ट्रपति पदका उम्मेदवारको गोली हानी हत्या

फाइल तस्बिर : फर्नान्डो भिल्लाभिसेन्सियो


नेपालखबर
साउन २५, २०८० बिहिबार ९:४, काठमाडौँ

इक्वेडरमा राष्ट्रपतीय निर्वाचनका लागि जारी चुनावी अभियानका क्रममा एक उम्मेदवारको गोली हानी हत्या भएको छ।

बीबीसीका अनुसार देशको राष्ट्रिय सभाका सदस्य फर्नान्डो भिल्लाभिसेन्सियोलाई उत्तरी सहर क्विटोमा चुनावी कार्यक्रम छाडेर आफ्नो कारमा चढ्ने क्रममा बुधबार आक्रमण भएको हो। 

कारमा बस्नासाथ एक व्यक्तिले भिल्लाभिसेन्सियोको टाउकोमै गोली हानेको चुनावी टोलीका एक सदस्यले स्थानीय मिडियासँग बताएका छन्। 

यसैबीच राष्ट्रपति गुइलेर्मो लासोले अपराधीलाई कुनै हालतमा पनि नछाडिने प्रतिबद्धता जनाएका छन्। 

प्रत्यक्षदर्शीका अनुसार ५९ वर्षीय भिल्लाभिसेन्सियोलाई तीनपटक गोली लागेको थियो।

इक्वेडरका महान्यायाधिवक्ताले सामाजिक सञ्जालमार्फत संदिग्ध पनि सुरक्षाकर्मीहरूको जवाफी फायरिङमा मारिएको दाबी गरेका छन्। 

इक्वेडरमा पहिलो चरणको राष्ट्रपतीय निर्वाचन यही अगस्ट २० मा सुरु हुँदै छ।

राष्ट्रपति लासोले घटनाबाट आफू स्तब्ध भएको बताए । उनले मुलुकमा संगठित अपराध धेरै बढेको र त्यसलाई नियन्त्रण गर्ने सम्पूर्ण भार आफैँमाथि पर्नसक्ने बताए। 

इक्वेडरमा लागूऔषध कार्टेलको बढ्दो उपस्थितिले हिंसात्मक अपराध बढेको छ, जुन यस वर्षको राष्ट्रपति चुनावमा पनि एक केन्द्रीय मुद्दा हो।

गत महिना, संगठित अपराधसँग जोडिएका हत्याको श्रृंखलाले राष्ट्रपतिलाई तीन प्रान्तमा आपतकाल र रातको समय कर्फ्यु घोषणा गर्न बाध्य बनाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad