अमेरिकाको टेक्सस राज्यकी एक महिला आफूमाथि बाजले सर्प खसाइदिँदा घाइते भएकी छन्।
उनी सर्पको मात्र होइन, बाजको आक्रमणमा समेत परिन्।
६४ वर्षीया पेग्गी जोन्स गत महिना झार काटिरहेकी थिइन्। त्यहीबेला एउटा बाजले उनीमाथि सर्प खसाइदियो।
उनीमाथिको सर्प उनको हातमा बेरियो र उनको अनुहारमा ठुंग्न थाल्यो।
सर्प झट्कारेर फाल्न नपाई झरेको सिकार फेरि समात्न आएको बाजले पनि उनकै हातमा नंग्रा गाड्यो।
जसका कारण उनको अनुहार र हातभरि चोट लाग्यो।
‘मैले सर्प झट्कारेर फाल्ने कोसिस गरेँ। तर सर्प मेरो नाडीमा बेरियो,’ उनले भनेकी छन्, ‘सर्पले मेरो अनुहारतिर ठुँग्न थाल्यो। एकदुई पटक त्यसले मेरो चस्मामा ठुँग्यो। त्यसपछि बाज आइपुग्यो। बाजले मेरो हात समातेर तान्यो। जसका कारण नंग्रा गाडियो।’
त्यतिबेला आफूलाई मर्छुजस्तो लागेको उनले बताएकी छन्। बीबीसी
Shares
प्रतिक्रिया