ग्लोबल


अनि आम आदमी पार्टीका सांसद सुशील टमाटर र अदुवाको माला लगाएर संसद् पुगे

अनि आम आदमी पार्टीका सांसद सुशील टमाटर र अदुवाको माला लगाएर संसद् पुगे

टमाटर र अदुवाको माला लगाएको अवस्थामा आम आदमी पार्टीका सांसद सुशील गुप्ता। तस्बिर : एएनआई


नेपालखबर
साउन २४, २०८० बुधबार १४:४४, काठमाडौँ

भारतस्थित आम आदमी पार्टीका सांसद सुशील गुप्ता आज (बुधबार) टमाटर र अदुवाको माला लगाएर संसद् भवन पुगेका छन्।

सुशील गुप्ता आम आदमी पार्टीबाट राज्यसभा सांसद हुन्।

उनले आधिकारिक ट्विटर अकाउन्टमा टमाटर र अदुवाको माला लगाएको तस्विर पोस्ट गरेका छन्। 

क्याप्सनमा उनले लेखेका छन्, ‘बहुत हुई महङ्गे टमाटर की मार, अबकी बार‍‍...।’

सुशील गुप्ताले मंगलबार आफ्नो ट्विटर अकाउन्टमा भिडिओ पोस्ट गरेका थिए। जहाँ टमाटर किन्ने मानिसको लामो लाइन छ। 

उनले ट्विटरमा लेखेका छन्, संसद्‌देखि १०० मिटरको दूरीमा पनि टमाटर किन्नका लागि लामो लाइन छ। पछिल्ला धेरै दिनदेखि संसद्‌मा मोदीजीलाई खोजिरहेका छौँ, तर उहाँ कहाँ गायब हुनुहुन्छ, थाछैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .