राजनीति


उपसभामुख रानाको प्रश्न : मैले बोल्न मिल्दैन रे, मतुवालीको छोरी भएर हो कि?

उप चुप भनेर बोल्न नदिएको गुनासो
उपसभामुख रानाको प्रश्न : मैले बोल्न मिल्दैन रे, मतुवालीको छोरी भएर हो कि?

फाइल तस्बिर


नेपालखबर
साउन २४, २०८० बुधबार १४:४७, काठमाडौँ

उपसभामुख इन्दिरा रानाले आफूलाई बोल्न नदिइएको गुनासो गरेकी  छन्। 

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले उप चुप भन्ने गरिएको र आफूलाई बोल्न नदिइएको बताएकी छन्।

उपसभामुख रानाले उपसभामुखले चुप लाग्नुपर्छ भनेर संविधानले कहाँ लेखेको छ? भन्दै प्रश्न गरिन्।

उनले आफू जनजातिकै छोरी भएको कारण बोल्न नदिएको हो? भन्दै प्रश्न समेत गरिन्। उनले अहिले प्रतिनिधि सभामा ३३ प्रतिशत महिलाले बोल्न नपाएको गुनासो गरिन्।

‘संविधान देशको लागि जनताको लागि नियतपूर्ण डेलिभरी भएको छ। मेरो प्रश्न छ। आज प्रतिनिधि सभामा हेर्नुहोस् त कति जना महिलाहरु बोल्नुहुन्छ? त्यसरी नै ३३ प्रतिशत महिलाले बोल्न पाइरहेका छन् त? हिजो कति ५/६ दिनपछि संसद खुल्यो, अब उपसभामुखले यो बोल्नु हुँदैन रे, उपचुप जहिले पनि मलाई। उपचुप भनेर त्यो संविधानले कहाँ लेखेको छ’, उनले भनिन्, ‘नियममा कहाँ लेखेको छ, उप चुप भनेर। संसदमा मैले बोल्न मिल्दैन त, बाहिर किन बोल्न मिल्दैन? कि म पनि मगर, मतुवालीको छोरी भएर हो कि? यो मेरो प्रश्न छ।’

उनले आफूले सुशासानको कुरा गर्न पाउने बताइन्। ‘मैले सुशासन कुशासन हो? बुझ्न सकेको छैन। बालक हो कि म। कृषिमा युवालाई बजेट जाँदैन, जसले प्रपोजल तयार पारेको छ, त्यसलाई जान्छ, रातारात अर्गनाइजेशन खोलिन्छ। अनि कहाँ सुशासन छ, अनि कसरी युवाहरु पलायन हुँदैनन्’, उनले भनिन्।

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad