युक्रेनले कालो सागरमा रुसी ट्याङ्करलाई निशाना बनाएको छ।
रुसी समाचार एजेन्सी टासले समुद्री अधिकारीहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो।
एजेन्सीका अनुसार रातभरको आक्रमणमा जहाजको इन्जिन कोठामा क्षति पुगेको छ, तर ११ चालक दलका सदस्यमध्ये कसैलाई पनि चोटपटक लागेको छैन।
धेरै रुसी सैन्य ब्लगरहरूले यो रुसी सिग तेल ट्यांकर थियो, जुन क्रिमियन ब्रिजनजिकै युक्रेनी नौसेना ड्रोनले आक्रमण गरेको थियो।
उनीहरूका अनुसार नजिकैका तटीय गाउँहरूमा मानिसहरूले ठूलो विस्फोट सुने, तर युक्रेनले यस घटनाबारे सार्वजनिक टिप्पणी गरेको छैन।
समाचार एजेन्सी टासले रुसी उद्धार समन्वय केन्द्रका एक अधिकारीलाई उद्धृत गर्दै दुई टग जहाज घटनास्थलमा पुगेको बताएको छ।
अधिकारीका अनुसार आक्रमणबाट इन्जिन कोठामा केही क्षति पुगेको छ।
84
Shares

प्रतिक्रिया