ad ad

ग्लोबल


ट्रम्पविरुद्ध लाग्यो फौजदारी अभियोग, अदालतमा उपस्थित हुँदै

ट्रम्पविरुद्ध लाग्यो फौजदारी अभियोग, अदालतमा उपस्थित हुँदै

फाइल तस्बिर : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प


नेपालखबर
साउन १७, २०८० बुधबार ९:१०, काठमाडौँ

सन् २०२० को राष्ट्रपतीय चुनावमा आफ्नो पराजयको नतिजा उल्ट्याउन गरेको मामिलामा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी अभियोग दायर गरिएको छ।

ट्रम्प बिहीबार वासिङ्टन डिसीको अदालतमा उपस्थित हुने भएका छन्।

ट्रम्पलाई देशविरुद्ध षड्यन्त्र, साक्षीलाई प्रभावित पारेको र नागरिक अधिकारविरुद्ध षड्यन्त्रसहित चार अभियोग लगाइएका छन्।

पुनः राष्ट्रपतिको उम्मेदवारी प्रस्तुत गरेका ७७ वर्षीय ट्रम्पले भने आफूले केही गलत नगरेको दाबी गरेका छन्। आफूविरुद्ध लगाइएका अभियोगलाई उनले  ‘बकवास’ भनी टिप्पणी गरेका छन्।

ट्रम्पविरुद्ध यसअघि गोप्य कागजातको गलत प्रयोग र आफ्नोबारे जानकारी लुकाउन पोर्न स्टारहरूलाई पैसा दिएको दुईवटा अभियोग लगाइएको थियो। चुनावी मामिलासँग सम्बन्धित अनुसन्धान हार र वासिङ्टनको दंगाबीच दुई महिनाभित्र ट्रम्पका गतिविधि के थिए भन्नेमा केन्द्रित हुनेछ। राष्ट्रपतिमा जो बाइडेनको जितपछि जनवरी २०२१ मा ट्रम्पका समर्थकहरूले संसद्‌ भवनमा  आक्रमण गरेका थिए। 

अनुसन्धानको नेतृत्व अमेरिकी न्याय विभागले नियुक्त गरेको विशेष काउन्सिल ज्याक स्मिथले गरिरहेका छन्। उनले मंगलबार भने, ‘हाम्रो देशको संसद्‌मा जनवरी ६, २०२१ मा भएको आक्रमण अमेरिकी लोकतन्त्रविरुद्धको आक्रमण थियो।’ बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .