ad ad

ग्लोबल


अफ्रिकी मुलुक नाइजरमा राष्ट्रपतिलाई नियन्त्रणमा लिँदै सैनिकले गरे सत्ता कब्जा

अफ्रिकी मुलुक नाइजरमा राष्ट्रपतिलाई नियन्त्रणमा लिँदै सैनिकले गरे सत्ता कब्जा

सत्ता कब्जाको घोषणा गर्दै नाइजरका सैनिक। तस्बिर : एएफपी


नेपालखबर
साउन ११, २०८० बिहिबार ८:५, काठमाडौँ

पश्चिम अफ्रिकी मुलुक नाइजरमा सैनिकहरूले राष्ट्रपतिलाई नियन्त्रणमा लिँदै सत्ता कब्जा गरेका छन्। 

बीबीसीका अनुसार नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई हिरासतमा लिई त्यहाँका सैनिकहरूले संविधान विघटन भएको घोषणा गरेका हुन्। 

राष्ट्रिय टेलिभिजनमार्फत विद्रोहको घोषणा गरेका उनीहरूले देशको संविधान विघटनका साथै सबै सरकारी निकाय र देशका सबै सीमाना बन्द गरिएको बताएका छन्। 

टीभीमा विद्रोह घोषणा गर्दा कर्नेल अमादु अब्द्रामाने अन्य नौ सिपाहीसँगै थिए। सो क्रममा उनले भने, ‘हामी, रक्षा र सुरक्षा बलले तपाईंलाई थाहा भएको शासन प्रणाली अन्त्य गर्ने निर्णय गरेका छौँ। यो लगातार खस्किँदै गएको सुरक्षा अवस्था र बिग्रँदै गएको आर्थिक र सामाजिक अवस्थाको परिणाम हो।’

स्थिति स्थिर नभएसम्म सीमा र हवाई नाका बन्द रहने उनले बताएका छन्।  साथै अर्को सूचना नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु जारी रहने घोषणा गरिएको छ। 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले राष्ट्रपति बाजुमलाई अमेरिकाको समर्थन अटल रहने बताएका छन्।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि राष्ट्रपति बाजुमसँग कुरा गरी पूर्ण सहयोग गर्ने बताएका छन्।

राष्ट्रपति बाजुम पश्चिम अफ्रिकामा इस्लामिक अतिवाद विरुद्धको लडाईमा पश्चिमी देशहरूको प्रमुख सहयोगी हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .