ad ad

ग्लोबल


इमरान खानविरुद्ध पक्राउ पुर्जी जारी, आजै पक्राउ पर्न सक्ने

इमरान खानविरुद्ध पक्राउ पुर्जी जारी, आजै पक्राउ पर्न सक्ने

नेपालखबर
साउन ९, २०८० मंगलबार १०:२८, काठमाडौँ

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

खानविरुद्ध तहरीक-ए-इन्साफ (पीटीआई)का अध्यक्षसमेत रहेका खानविरुद्ध त्यहाँको निर्वाचन आयोगले अवहेलना मुद्दामा गैरजमानती वारेन्ट जारी गरेको हो। स्थानीय समाचार एजेन्सी डनका अनुसार आयोगले इस्लामावाद प्रहरीलाई मंगलबार पक्राउ गरी पेस गर्न निर्देशन दिएको छ।

गत वर्ष अप्रिलमा विश्वासको मत नपाएपछि खान प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए। उनीविरुद्ध आतंकवादसहित १५० बढी मुद्दा लगाइएको थियो। सोमबार पाकिस्तानको सर्वोच्च अदालतले अर्को एक मुद्दामा उनलाई जमानत दिएको थियो।

निर्वाचन आयोगले पहिलेको सूचना र जमानती वारेन्टलाई अवहेलना गरी उपस्थित नभएको आरोप लगाएको छ। आयोगविरुद्ध अभद्र भाषा प्रयोग गरी अवहेलना गरेको आरोप उनलाई छ।

१० बजे पक्राउ गरी उपस्थित गराउन इस्लामावाद प्रहरीलाई आदेश दिइएकाले उनी आजै पक्राउ पर्नसक्ने बताइएको छ।

दुई महिनाअघि खानलाई पक्राउ गरिएपछि पाकिस्तानमा उनका समर्थकले प्रदर्शन गरेका थिए। उनलाई सुरक्षा बलले इस्लामावाद उच्च अदालत बाहिरबाट पक्राउ गरिएको थियो।

इस्लामावादको जमान पार्कमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। पछि अदालतले उनलाई रिहा गर्न आदेश दिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .