ad ad

ग्लोबल


मणिपुरको भाइरल भिडिओ हेरेपछि मोदीले भने- मेरो मन पीडाले भरिएको छ

मणिपुरको भाइरल भिडिओ हेरेपछि मोदीले भने- मेरो मन पीडाले भरिएको छ

फाइल फाेटाे : मोदी


नेपालखबर
साउन ६, २०८० शनिबार १९:४४, काठमाडौँ

भारतको मणिपुरमा साढे दुई महिनादेखि हिंसाको आगो बलिरहेको छ। यस क्रममा धेरै विचलित पार्ने तस्बिरहरू सार्वजनिक भएका छन्। यस क्रममा विपक्षीहरूले केन्द्र सरकार विशेषगरी प्रधानमन्त्री नरेन्द्र मोदीको मौनताप्रति प्रश्न उठाउन थालेका छन्। 
मंगलबार रातिदेखि सामाजिक सञ्जालमा एक भिडिओ भाइरल भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मणिपुरका बारेमा बयान दिएका छन्।

प्रधानमन्त्री मोदीले भने, ‘मणिपुरको भाइरल भिडियोको घटनाले मेरो मन पीडाले भरिएको छ। घटना लाजमर्दो छ। पाप गर्नेहरू कति छन्, को हुन्? त्यो आफ्नो ठाउँमा छ, तर यसबाट देशका १४० करोड जनताको अपमान भइरहेको छ। म राज्यहरूलाई शान्ति सुरक्षाको अवस्थालाई अझ बलियो बनाउन अपील गर्दछु, अपराधीहरूलाई छाडिने छैन।’

यस वक्तव्यमा प्रधानमन्त्री मोदीले त्यो भिडिओको बारेमा मात्रै बोलेका छन्, जसमा कुकी समुदायका दुई महिलालाई लुगा फुकालेर दुर्व्यवहार गरेको देखिन्छ। भीडले यी महिलालाई यौन दुर्व्यवहार मात्रै नभएर एक महिलालाई सार्वजनिक रूपमा सामूहिक बलात्कार गरेको आरोप छ।

मणिपुरमा बलात्कार आरोपित व्यक्तिको घरमा आगो लगाउँदै महिला

विगत ८० दिनदेखि हिंसाको आगोमा जलिरहेको मणिपुरको अवस्थाबारे प्रधानमन्त्री मोदीले आफ्नो वक्तव्यमा केही नबोलेको विपक्षीले आरोप लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .