ग्लोबल


मणिपुरको घटना नसेलाउँदै पश्चिम बंगालमा २ महिलालाई निर्वस्त्र पारिएको भिडिओ भाइरल

मणिपुरको घटना नसेलाउँदै पश्चिम बंगालमा २ महिलालाई निर्वस्त्र पारिएको भिडिओ भाइरल

पश्चिम बंगालमा महिलाकै भीडले २ महिलालाई कुटपिट गरेको दृश्य। तस्बिर : दैनिक भास्कर


नेपालखबर
साउन ६, २०८० शनिबार १८:४०, काठमाडौँ

भारतमा एकपछि अर्काे महिलाविरुद्ध क्रूरताका घटना सार्वजनिक भइरहेका छन्।

मणिपुरमा यही जुलाई १९ मा दुई महिलालाई नाङ्गै गाउँ डुलाई यौन दुर्व्यवहार गरिएको भिडिओ भाइरल भइरहेका बेला पश्चिम बंगालको माल्दामा पनि यस्तै घटना सार्वजनिक भएको हो। 

भारतीय पत्रिका दैनिक भास्करका अनुसार त्यहाँ भीडले दुई महिलालाई कुटपिट गर्‍यो, अनि उनीहरूलाई अर्धनग्न पार्‍यो। 

त्यसको भिडिओ भाजपाका आईटी सेल प्रमुख अमित मालवियले सामाजिक सञ्जालमा सेयर गरेका छन्। घटना यही जुलाई १९ को हो भने यसको भिडिओ आज (जुलाईं २२ मा) सार्वजनिक भएको हो।

भिडिओमा महिलाकै समूहले दुई महिलालाई घेरेको देखिन्छ। अनि उनीहरूको कपाल तानेर चप्पलले कुटपिट भइरहेको छ।

यसपछि उनको लुगा नराम्ररी च्यातिएको छ। हाल यस विषयमा प्रहरीका तर्फबाट आधिकारिक धारणा आएको छैन।

अमित मालवियका अनुसार घटना मालदाको बामंगोला थानाको पाकुआ हाट क्षेत्रमा भएको हो। पीडित दुवै आदिवासी महिला हुन्।

मालवियले उनीहरूलाई कुटपिट गरिँदा र लुगा फुकालिँदा पुलिस मूक दर्शक बनेर बसेको आरोप लगाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .