ग्लोबल


आबुधावी दुर्घटनामा तीन नेपाली महिलाको मृत्यु

आबुधावी दुर्घटनामा तीन नेपाली महिलाको मृत्यु

नेपालखबर
माघ ३, २०७६ शुक्रबार ९:५९,

संयुक्त अरब इमिरेट्स(युएइ)को आबुधावीमा बिहीबार भएको सडक दुर्घटना तीन नेपालीको मृत्यु भएको खुलेको छ।

रोकिराखेको लरीमा १७नेपालीसहित २५ जना सवार मिनीबस ठोक्किएर दुर्घटना भएको बताइएको छ। दुर्घटनामा ६ जनाकाे मृत्यु भएको थियो। मृतक ५ महिला र १ पुरुष रहेका त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।

दुर्घटनामा तीन नेपालीको मृत्यु भएको र अन्य नेपाली महिलाहरुसमेत घाइते भएको बताइएको छ। मर्नेमा एक श्रीलंकाली र अर्को पाकिस्तानी नागरिक भएको बताइएको छ। मृतक पुरुष पाकिस्तानी नागरिक मिनीबस चालकसमेत रहेको युएइका सञ्चार माध्यमहरुले जनाएका छन्। दुर्घटनाग्रस्त मिनीबसमा २४ महिला र एक पुरुष चालक रहेका थिए।

एमबीएम ग्रुप अन्तर्गत हाउस क्लिनरका रुपमा कार्यरत मजदुरहरुलाई कामका लागि लैजाँदै गरेकाे कम्पनीकाे गाडी दुर्घटनामा परेकाे हाे।

परराष्ट्र मन्त्रालयका कन्सुलर विभागका प्रमुख डोरनाथ अर्यालले अवुधावीमा बिहीबार भएको दुर्घटना केही नेपाल मृत्यु भएको जानकारी आएको बताए। ‘हामी युएइ दुतावासको सम्पर्क रहेका छौं। मृत्यु भनेर आएका नामहरुलाई पुष्टि गराउने र उहाँहरुको परिवारलाई सम्पर्क गर्ने काम युएइमा रहेका श्रम सहचारीमार्फत हुँदैछ,’ अर्यालले भने।

यसअघि युएइका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले दुर्घटना परेका नेपालीहरु केही उपचारपछि डिचार्ज भएको जानकारी गराएका थिए। ‘हामीलाई दिएको जानकारी अनुसार केही घाइते उपचारपछि घर फर्किनु भएको छ,’ ढकालले बिहीबार साँझ नेपालखबरसँग भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad