ग्लोबल


‘भाजपा नेता’ले युवकको टाउकामा पिसाब गरिरहेको भिडिओ भाइरल, मुद्दा दर्ता

‘भाजपा नेता’ले युवकको टाउकामा पिसाब गरिरहेको भिडिओ भाइरल, मुद्दा दर्ता

भाइरल भिडिओको स्क्रिनसट


नेपालखबर
असार २०, २०८० बुधबार १०:४८, काठमाडौँ

भारतको मध्यप्रदेशमा पर्ने सिधी जिल्लामा एक युवकलाई अमानवीय व्यवहार गरिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। जसमा एक व्यक्तिले एक युवकको जिउमा पिसाब फेरिरहेका छन्। 

बीबीसी हिन्दीका अनुसार त्यस्तो हर्कत गर्ने व्यक्तिको नाम प्रवेश शुक्ला हो। उनीविरुद्ध एससी/एसटी अधिनियमअन्तर्गत मुद्दा दर्ता भइसकेको छ। 

घटनापछि मुद्दा दर्ता गरिएको जानकारी सिधीका एसपी डा. रवीन्द्र बर्माले आधिकारिक ट्विटर ह्यान्डलमार्फत दिएका छन्। 

उनले सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडिओमा चुरोट पिउने क्रममा एक व्यक्तिको टाउकामा पिसाब गर्ने कुब्रीका निवासी प्रवेश शुक्लाविरुद्ध एससी/एसटी ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको जानकारी दिएका छन्।

पिसाब फेर्ने व्यक्ति प्रवेश शुक्ला भारतीय जनता पार्टी (भाजपा) का नेता भएको र उनी सिधीका भाजपा विधायक केदारनाथ शुक्लाका पूर्व प्रतिनिधि भएको बताइएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। 

मध्यप्रदेश कांग्रेसका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री कमलनाथले पिसाब गर्ने व्यक्ति भारतीय जनता पार्टीसँग सम्बन्धित रहेको दाबी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .