ad ad

ग्लोबल


एक गैरन्यायिक हत्यापछि अशान्त फ्रान्स

एक गैरन्यायिक हत्यापछि अशान्त फ्रान्स

नेपालखबर
असार १६, २०८० शनिबार ७:४७, काठमाडौँ

फ्रान्समा गत मंगलबार बिहान पश्चिमी फ्रान्सको नान्तेरेममा प्रहरीले गोली हानी एक १७ वर्षीय किशोर नाहेल एमको हत्या गर्‍यो। एमलाई एक प्रहरी अधिकारीले ट्राफिक नियम उल्लंघन गरेको भन्दै नजिकैबाट गोली हानेका थिए।

कारमा आएका युवकले प्रहरीलाई गोली हानेको रिपोर्ट सरकारी पक्षले सार्वजनिक गरे पनि त्यसको तथ्य जाँच गर्दा युवकलाई प्रहरीले नजिकैबाट गोली हानेको देखिन्छ। मारिने किशोर अश्वेत मूलका हुन्। प्रहरीले कुनै खतरा नै नभई पूर्वाग्रह राखी अफ्रिकी मूलको भएकै कारण गोली चलाएको भन्दै मंगलबार साँझदेखि नै राजधानी पेरिसबाट चर्किएको विरोध प्रदर्शन देशका विभिन्न सहरमा फैलिएको छ।

उक्त विरोध प्रदर्शनले हिंसात्मक रूप लिएको छ। फ्रान्सका गृहमन्त्रीले बिहीबार राति मात्रै सडकमा आगजनीका ३ हजार ८८० घटना दर्ता भएको र यसअघि बुधबार राति २ हजार ३ सय ९१ आगजनीका घटना दर्ता भएको बताएका थिए। अझै धेरै सहरमा हिंसा र आगजनी जारी छ।

फ्रान्समा दंगा र हिंसाको तेस्रो रातमा हिंसा र आगजनी भएको गृह मन्त्रालयले जनाएको छ, जसमा ८७५ जना पक्राउ परेका छन् ।फ्रान्समा तीन दिनसम्म चलेको हिंसामा ४९२ भवन र २ हजार सवारी साधनमा आगजनी गरिएको थियो।

हिंसा नियन्त्रणमा संलग्न २४९ प्रहरी घाइते भएका छन्।

फ्रान्स सरकारले हिंसा रोक्न धेरै नयाँ कदमहरूको घोषणा गरेको छ। राष्ट्रपति इम्यानुयल म्याक्रोनले आपतकालीन बैठकपछि संक्षिप्त वक्तव्य जारी गर्दै अभिभावकलाई आफ्ना बालबालिकालाई घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन्। हिंसालाई रोक्न कडा सुरक्षा उपाय अपनाउने रणनीति उनले लिएका छन्।

उनले यो हत्या 'माफी योग्य नभएको' नभएको बताउँदै पीडकलाई कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

फ्रान्सेली प्रधानमन्त्री एलिजाबेथले अब प्रहरी दंगा प्रभावित सडकहरूमा प्रवेश गरेको बताएकी छन्।

बिहीबार मात्रै पेरिसको एक बसस्टपमा आगजनी हुँदा १२ बस जलेका छन् भने पेरिस ‌ओलम्पिक अघि निर्माणाधीन स्विमिङ सेन्टरमा पनि आगजनी भएको छ।

पेरिसका अधिकांश बाहिरी इलाकाका पसलमा लुटपाट पनि मच्चिएको छ, जुन भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। स्थानीय सञ्चार माध्यमका अनुसार प्रदर्शनकारीले सामुदायिक केन्द्र, विद्यालय, सिटी हललाई निशाना बनाइरहेका छन्।

संयुक्त राष्ट्र मानव अधिकारको कार्यालयले फ्रान्समा भइरहेको हिंसाको कारण गैरन्यायिक हत्या र नस्लवादलाई कारण बताएको छ। यी कुरामा सुधार गर्न सुझाव कार्यालयले दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .