ग्लोबल


पेन्टागनले भन्यो : फेब्रुअरीमा खसाएको चिनियाँ बेलुनले अमेरिकी आकासमा सूचना संकलन गरेको थिएन

पेन्टागनले भन्यो : फेब्रुअरीमा खसाएको चिनियाँ बेलुनले अमेरिकी आकासमा सूचना संकलन गरेको थिएन

नेपालखबर
असार १५, २०८० शुक्रबार २०:५,

अमेरिका–चीन सम्बन्धलाई नै ठूलो धक्का पुर्‍याएको चिनियाँ बेलुनले अमेरिकी आकासमा सूचना संकलन नगरेको वासिङ्टनले स्वीकारेको छ। 

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले सो बेलुनले अमेरिकी आकासमा छँदा कुनै सूचना संकलन नगरेको बताएको हो।

‘हाम्रो मूल्यांकन के छ भने अमेरिकामाथि उड्दा यो बेलुनले सूचना संकलन गरेन,’ पेन्टागनका प्रवक्ता ब्रिगेडियर जनरल प्याट राइडरले भने।

फेब्रुअरीमा सो बेलुन अमेरिका र क्यानडाको आकासमा उडेको थियो। अमेरिकाले जासुसी बेलुन भन्दै त्यसलाई क्षेप्यास्त्र हानेर खसाएको थियो।

चीनले भने मौसमसम्बन्धी जानकारी संकलनका लागि उडाएको बेलुन दिशा बदलेर अमेरिका पुगेको बताएको थियो।

तर, अमेरिकाले बेलुन देखिनेबित्तिकै विदेशमन्त्री एन्टोनी ब्लिन्केनको चीन भ्रमण रद्द गरेको थियो। फलस्वरुप दुई मुलुकबीचको दरार अझ बढेको थियो।

त्यसयता ब्लिन्केनलाई चीन भ्रमणको अनुमति नदिएको बेइजिङले हालै उनको भ्रमण स्वीकृत गरेको थियो। सो भ्रमणमा ब्लिन्केनले राष्ट्रपति सी चिनफिङलाई पनि भेटेका थिए। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad