ad ad

ग्लोबल


६ दिनपछि निकालियो टाइटानिक हेर्न गएको पनडुब्बीको भग्नावशेष

६ दिनपछि निकालियो टाइटानिक हेर्न गएको पनडुब्बीको भग्नावशेष

नेपालखबर
असार १४, २०८० बिहिबार १०:३९, काठमाडौँ

टाइटानिक जहाजको भग्नावशेष हेर्न गएको टाइटन पनडुब्बीको भग्नावशेष ६ दिनपछि निकालिएको छ।

४ जना अर्बपति पर्यटकसहित एक पाइलट रहेको उक्त पनडुब्बी १८ जुनमा एट्लान्टिक महासागरमा १२ हजार फिट तल हराएको थियो।  उक्त जहाज २२ जुनमा १६ सय मिटर पर भेटिएको थियो।

पनडुब्बीमा सवार पाकिस्तानी मूलका अर्बपति शहजादा दाउद र उनका छोरा सुलेमान दाउद, बेलायती अर्बपति हामिश ह्यार्डिङ, फ्रेन्च एक्सप्लोरर पल आनरी र पाइलट स्टकटन रशको ज्यान गएको थियो।

टाइटनसँग सम्पर्क टुटेपछि अमेरिकी कोस्ट गार्ड उद्धारमा जुटेको थियो। पाँच दिनपछि भेटिएको बेपत्ता पनडुब्बीका ५ वटा भग्नावशेष टुक्रा फेला परेका थिए।

भग्नावशेष पनडुब्बी निकालिएपछि बुधबार क्यानडाको सेन्ट जोन्स बन्दरगाहमा ल्याइएको छ। 

नडुब्बीको भग्नावशेषको फोरेन्सिक जाँचपछि विस्फोटको कारण थाहा हुने कोस्ट गार्डले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .