ad ad

ग्लोबल


रुसको मिसाइल आक्रमणबाट युक्रेनमा १ बालकसहित ४ जनाको मृत्यु

रुसको मिसाइल आक्रमणबाट युक्रेनमा १ बालकसहित ४ जनाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
असार १३, २०८० बुधबार १०:२३, काठमाडौँ

रुसले युक्रेनका दुई सहर क्रेमेन्चुक र क्रामाटोर्स्कमा मिसाइल आक्रमण गरेको छ। मंगलबार युक्रेनका दुई सहर क्रेमेन्चुक र क्रामाटोर्स्कमा मिसाइल आक्रमण गरेको हो।

स्थानीय समयअनुसार दुवै मिसाइल एकै समयमा साँझ ७:३० बजे आक्रमण गरिएको थियो। आक्रमणमा १ बालकसहित ४ व्यक्तिको मृत्यु भएको छ भने ४२ भन्दा बढी घाइते भएका छन्।

समाचार एजेन्सी एएफपीले पुलिसलाई उद्धृत गर्दै रुसले एस-३०० मिसाइल आक्रमण गरेको जनाएको छ।

डोनेट्स्क क्षेत्रका सैन्य प्रशासन प्रमुख पाभ्लो किरिलेन्कोले युक्रेनमा आक्रमण सहरको मध्यभागमा भएको बताए। उनका अनुसार घाइतेको उद्धार एवं उपचारसहित खाद्यान्नको पनि व्यवस्था गरिएको छ।

युक्रेनका आन्तरिक मन्त्री इहोर क्लिमेन्कोले टेलिग्राममा रुसले जानाजान बसोबास भएका क्षेत्रलाई निसाना बनाइरहेको बताएका छन्।

यसअघि २०२२ जुनमा पनि रुसले घना बस्ती भएको क्रेमन्चेकु क्षेत्रमा मिसाइल आक्रमण गरेको थियो। उक्त आक्रमणमा २२ जना मारिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .