ad ad

ग्लोबल


बाइडेनलाई मोदीको कोसेली : पञ्जाबको घिउदेखि गुजरातको नुनसम्म

बाइडेनलाई मोदीको कोसेली : पञ्जाबको घिउदेखि गुजरातको नुनसम्म

नेपालखबर
असार ७, २०८० बिहिबार १०:५९, काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनसँग विशेष उपहार साँटेका छन्।

उनले अमेरिकी प्रथम महिला जिललाई प्रयोगशालामा विशेष रूपमा बनाउन लगाएको ७.५ क्यारेटको हरियो हिरा उपहार दिए, बाइडेनलाई विशेष चन्दनको बाकस। चन्दनको बाकसलाई जयपुरका शिल्पकारले हातले बनाएका थिए। उक्त बाकसमा वनस्पती र जीवजन्तुका ढाँचा कुँदिएका छन्। यसमा गणेशको मूर्ति पनि छ।

यसैगरी उनले 'द टेन प्रिन्सिपल अफ उपनिषेद' पुस्तक पनि बाइडेनलाई दिए।

यसबाहेक बाइडेनलाई मोदीले तमिलनाडुको सेतो तिल, राजस्थानको सुनको सिक्का पनि दिएका थिए।

यसैगरी पञ्जाबको घिउ, महाराष्ट्रको गुँड, गुजरातको नुनलगायतको उपहार बाइडेनको परिवारलाई मोदीले दिए।

२० जुनमा राजकीय भ्रमणका क्रममा मोदी अमेरिका प्रस्थान गरेका थिए। आज (२२ जुन) मा मोदी र बाइडेनबीच भेटवार्ताको कार्यक्रम तय भएको थियो।

भेटमा शिखर सम्मेलनको मुख्य उद्देश्य रक्षा र अत्याधुनिक प्रविधिको क्षेत्रमा भविष्यका लागि स्पष्ट रोडम्याप तयार गर्ने विषयमा छलफल भएको बताइएको छ। यसबाहेक रक्षाका लागि हतियारमा साझेदारी गर्ने र अमेरिकी कम्पनीका अत्याधुनिक रक्षा प्रविधि भारतलाई हस्तान्तरण गर्ने विषयमा पनि भेटमा छलफल भएको छ।

आजै राष्ट्रपति बाइडेन र उनकी पत्नी जिलले मोदीका लागि रात्रिभोजको आयोजना गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .