ad ad

ग्लोबल


ब्लिन्केन र ग्याङबीच ८ घण्टा लामो वार्ता, सुध्रिएला चीन-अमेरिका सम्बन्ध ?

ब्लिन्केन र ग्याङबीच ८ घण्टा लामो वार्ता, सुध्रिएला चीन-अमेरिका सम्बन्ध ?

नेपालखबर
असार ४, २०८० सोमबार १०:५९, काठमाडौँ

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन दुई दिने भ्रमणका लागि चीनमा छन्। आइतबार चीन पुगेका ब्लिन्केन आज चीनका शीर्ष कूटनीतिज्ञ वाङ यीलाई भेट्दैछन्।

वाङ चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय विदेश मामिला आयोगका प्रमुख हुन्।

राष्ट्रपति सी चिनपिङसँगको भेटबारे हालसम्म औपचारिक कार्यक्रम तय भएको छैन। यद्यपि, दुईबीच भेटघाट हुनसक्ने बताइएको छ।

आइतबार ब्लिन्केनले चिनियाँ समकक्षी छिन ग्याङसँग ८ घण्टा लामो छलफल गरे। दुई जनाले भेटपछि सँगै डिनर गरेका थिए। सात घण्टाको निर्धारित बैठक तालिका भए पनि निर्धारित समयभन्दा १ घण्टा बढी दुई जनाबीच छलफल भएको आइतबार राति प्रेस ब्रिफिङमार्फत अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताए।

दुई समकक्षीबीच अमेरिका र चीनबीच चलिरहेको मतभेदबारे पनि छलफल भएको उनले बताए। भेटपछि ट्विटमार्फ ब्लिन्केनले दुई देशबीचको सम्बन्धलाई थप जिम्मेवारपूर्वक दुई देशबीचको सम्बन्ध कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे छलफल भएको बताएका छन्।

ब्लिनकेन अमेरिकी विदेशमन्त्री नियुक्त भएको ५ वर्षपछि पहिलोपटक चीन भ्रमणमा गएका हुन्। यसअघि उनी गत फ्रेब्रुअरीमा चीन भ्रमणमा जाने तयारीमा थिए।

तर फ्रेब्रुअरी पहिलो साता अमेरिकी आकाशमा चिनियाँ जासुसी बेलुन देखिएपछि उनको उक्त भ्रमण रद्द भएको थियो।

ट्रम्प प्रशासनका बेला दुई देशबीच व्यापार युद्ध चुलिएको थियो। अमेरिकी आकाशमा उक्त बेलुन देखिएपछि दुई देशको सम्बन्ध थप चिसिएको थियो।

बेलुन काण्डमा अमेरिकाले चीनले जासुसीका लागि बेलुन छाडेको शंका गरेको थियो भने चीनले भने उक्त बेलुन गैर सैनिक भएको र मौसम अनुगमनका लागि छोडिएको बताएको थियो।

पछिल्लो समय अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र चिनियाँ राष्ट्रपति सीबीच बैंककमा भेट भएको थियो। त्यही चीन र अमेरिकाका उच्चस्तरीय नेताबीचको पछिल्लो भेट थियो।

ब्लिन्केनको चीन भ्रमण र चिनियाँ अधिकारीबीचको छलफलले दुई देशबीचको सम्बन्ध सुध्रिने अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .