ad ad

ग्लोबल


भुटानी प्रधानमन्त्री छिरिङसँग राजदूत शर्माको भेटवार्ता

भुटानी प्रधानमन्त्री छिरिङसँग राजदूत शर्माको भेटवार्ता

नेपालखबर
जेठ ३२, २०८० बिहिबार २१:४९, काठमाडौँ

भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले भुटानका प्रधानमन्त्री डा. लोत्से छिरिङसँग भेटवार्ता गरेका छन्। भुटानको थिम्पुस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरूबीच भेट भएको हो। 

राजदूत शर्माले उक्त भेटले आफू खुसी भएको बताएका छन्। 

‘भुटानका प्रधानमन्त्री माननीय डा. लोटे छिरिङलाई आज उहाँको थिम्पुस्थित कार्यालयमा भेट्न पाउँदा खुसी लागेको छ,’ उनले तस्बिर सेयर गर्दै भनेका छन्। 

त्यस्तै, उक्त भेटमा लामो समयदेखिको नेपाल–भुटान मित्रतालाई पुनः पुष्टि गरेको उनले बताएका छन्। 

‘हामीले हाम्रो लामो समयदेखिको मित्रतालाई पुनः पुष्टि गर्यौं र आगामी दिनहरूमा हाम्रो सहयोगलाई अझ विस्तार गर्न सम्भावित क्षेत्रहरूमा छलफल गर्यौं,’ उनले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .