ad ad

कारोबार


इप्पानमा गणेश कार्कीको प्यानलै विजयी, यस्तो बन्यो नयाँ कार्यसमिति

इप्पानमा गणेश कार्कीको प्यानलै विजयी, यस्तो बन्यो नयाँ कार्यसमिति

नेपालखबर
जेठ ३२, २०८० बिहिबार २२:६, काठमाडौँ

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नयाँ कार्यसमितिमा गणेश कार्कीको प्यानलै विजयी भएको छ।

अध्यक्षदेखि कोषाध्यक्षसम्म निर्विरोध निर्वाचित भएको नयाँ कार्यसमितिमा ७ जना सदस्यको लागि मात्रै मतदान भएको थियो।

त्यसमा पनि कार्की समूहबाट प्रतिसपर्धामा उत्रिएका सबै उम्मेदवार विजयी भएका छन्।

इप्पानको वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी निर्वाचित भएका छन्। उनी ३ वर्षपछि स्वतः अध्यक्ष हुनेछन्। प्रमुख निर्वाचन अधिकृत चिरञ्जिवी खतिवडाले निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र दिएका छन्।

त्यस्तै, ५ जना उपाध्यक्षमा आशिष गर्ग, भरतकुमार खत्री, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, र आनन्द चौधरी निर्वाचित भएका छन्।

त्यस्तै, महासचिवमा बलराम खतिवडा र उपमहासचिवमा प्रकाशचन्द्र दुलाल निर्वाचित भएका छन् ।

त्यस्तै, ५ जना सचिवमा भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल, विक्रम बिष्ट र हिम प्रसाद पाठक निर्वाचित भएका छन्। 

कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त निर्वाचित भएका छन्।

१० जना सदस्य मध्ये ७ जना खुल्ला र ३ जना महिला सदस्य रहने व्यवस्था थियो। महिला सदस्य निर्विरोध निर्वाचित भएपनि ७ जना खुल्ला सदस्यमा भने १४ जना प्रतिस्पर्धामा थिए।

त्यसमा पनि कार्की प्यानलका उत्तर कुमार श्रेष्ठ, शंकर बस्याल, मिथुन चक्रवर्ती प्रसाद पौडेल, भरतमणी नेपाल, विजय मोहन भट्टराई, टिएन आचार्य र भरत पराजुली निर्वाचित भएका छन्।

श्रेष्ठले सबैभन्दा धेरै २७३ मत पाउँदा बस्यालले २५४, नेपालले २२५, पराजुली र पौडेलले समान २१७, आचार्य २१६ र भट्टराई १९३ मत सहित विजयी भए।

३ जना महिला सदस्यमा ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी निर्विरोध निर्वाचित भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .