ad ad

ग्लोबल


जर्ज सोरोसले २५ अर्ब डलरको साम्राज्य ३७ वर्षीय छोरालाई लगाए जिम्मा

जर्ज सोरोसले २५ अर्ब डलरको साम्राज्य ३७ वर्षीय छोरालाई लगाए जिम्मा

नेपालखबर
जेठ २९, २०८० सोमबार १८:४२,

अमेरिकी अर्बपति जर्ज सोरोसले आफ्नो २५ अर्ब डलरको व्यावसायिक साम्राज्य सञ्चालनको जिम्मेवारी छोरालाई  दिएका छन्। 

हंगेरीमा जन्मेका लगानीकर्ता सोरोसले वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा छोरा व्यवसाय सम्हाल्न लायक भएको बताएका छन्।

१९९० देखि सोरोस परिवारको सम्पत्ति दर्जनौँ मुलुकहरुमा लोकतन्त्र कायम गर्नमा खर्च हुँदै आएको छ। कतिपय मुलुकमा उनले अनुचित हस्तक्षेप गरेको आरोप समेत लाग्ने गरेको छ।

सोरोस अमेरिकाको डेमोक्रेटिक पार्टीका सबैभन्दा ठूला चन्दादातामध्ये पनि एक हुन्।

अब परिवारको व्यवसाय ३७ वर्षीय छोरा एलेक्सले सम्हाल्ने भएका छन्। इतिहास विषय पढेका उनी सोरोसका पाँच सन्तानमध्ये दोस्रो हुन्।

सोरोस फन्ड म्यानेजमेन्टको लगानी समितिमा बस्ने परिवारको एक मात्र सदस्य एलेक्स हुन्। 

गत डिसेम्बरमा एलेक्स ओपन सोसाइटी फाउन्डेसनको अध्यक्ष पनि बनेका थिए।

एलेक्सले आफू बुबाभन्दा बढी ‘राजनीतिक’ भएको बताएका छन्। 

उनले ओपन सोसाइटी फाउन्डेसनका पुरानै उदेश्य कायम रहने बताएका छन्। 

जर्ज सोरोस हंगेरीमा जन्मेका हुन्। नाजीहरुले मुलुक कब्जा गर्दा आफ्नो यहुदी पहिचान लुकाएर उनको परिवार बसेको थियो।

पछि उनी बेलायत सरे। १९९२ मा पाउन्डको भाउ गिर्ने बाजी राखेर एक अर्ब डलर कमाएपछि उनी बेलायतमा कुख्यात भए।

पूर्वसोभियत मुलुकहरुमा लोकतन्त्रलाई सघाउन भन्दै उनले ओपन सोसाइटी फाउन्डेसन स्थापना गरे। अहिले उदारवादी एजेन्डा लागू गर्न सो फाउन्डेसनले डेढ अर्ब डलर वर्षेनि खर्च गरिरहेको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .