ad ad

ग्लोबल


अमेरिकाको १६० वर्ष पुरानो ऐतिहासिक चर्च जलेर नष्ट

अमेरिकाको १६० वर्ष पुरानो ऐतिहासिक चर्च जलेर नष्ट

नेपालखबर
जेठ २३, २०८० मंगलबार ९:५६, काठमाडौँ

अमेरिकाको दक्षिणपूर्वी राज्य राज्यमा अवस्थित १६० वर्ष पुरानो चर्च जलेर नष्ट भएको छ।

चट्याङका कारण चर्चमा आगलागी भएको अग्नि नियन्त्रणक प्रमुख रोबर्ट पारासनले बताएका छन्। आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन।

रिपोर्टअनुसार उक्त चर्च काठ र अन्य सामग्रीबाट बनेको थियो।

स्थानीय समय अनुसार शुक्रबार दिउँसो चट्याङ खसेपछि आगोले चर्चलाई समातेको थियो। सामाजिक सञ्जालमा प्रसारित भिडिओमा चर्चको स्टिपल आगोले खसेको देखिएको छ।

अग्नि नियन्त्रणक प्रमुख रोबर्ट पारासनले शनिबार बताए अनुसार आगोले जलेर चर्च पूर्ण रूपमा नष्ट भएको छ।

आगलागीपछि राज्यका २० विभागका १ सय अग्निनियन्त्रकलाई खटाइएको थियो।

उक्त क्षेत्रमा सन् १७ सयको दशकदेखि चर्चहरू रहेको बताइएको छ, जसमध्ये एक महत्वपूर्ण चर्च सन् १८६२ मा आगो लागेर नष्ट भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .