ad ad

राजनीति


छात्रवृत्ति नदिने ३४२ स्कुलको अनुमति खारेज गर्ने बालेनको चेतावनी

छात्रवृत्ति नदिने ३४२ स्कुलको अनुमति खारेज गर्ने बालेनको चेतावनी

नेपालखबर
जेठ २३, २०८० मंगलबार १०:४, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले छात्रवृति नदिने ३४२ स्कुलको नाम सार्वजनिक गरी अनुमति खारेजको चेतावनी दिएका छन्।

काठमाडौं महानगरपालिकाले गत वैशाख २४ गते परिपत्र जारी गर्दै जेठ १५ गतेभित्र शैक्षिक संस्थाहरूलाई छात्रवृत्ति विवरण पठाउन भनेको थियो। जेठ १० गते सार्वजनिक सूचना जारी गरी जेठ १५ भित्र  छात्रवृत्ति विवरण पेस नगरेमा विद्यालयलाई प्रदान गर्न भनेको थियो। तर अझै ३४२ शैक्षिक संस्थाले विवरण पेस नगरेको भन्दै जेठ २८ भित्र विवरण नबुझाए अनुमति वा स्वीकृति रद्द गर्ने चेतावनी महानगरले दिएको छ।

विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ ले विद्यालयले कुल विद्यार्थीको १० प्रतिशतलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनुपर्नेमा व्यवस्था गरेको छ।

यस्तो छ बालेनको स्टाटस

हामी काठमाडौं महानगरपालिकाभित्र अध्ययनरत विद्यार्थीले नियमअनुसार पाउनुपर्ने अधिकारको बारेमा गम्भीर छौँ। काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० मा छात्रवृत्ति तथा निःशुल्क शिक्षा सम्बन्धी व्यवस्था रहेको छ। सो नियमावलीको नियम ५८ मा व्यवस्था भए अनुसार विद्यालयले छात्रवृत्ति उपलब्ध गराएको विद्यार्थीहरूको नामावली सार्वजनिक गर्नु पर्छ।

तर संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिका सम्बन्धमा मिति २०८० वैशाख २४ गतेको परिपत्र र मिति २०८० जेठ १० गतेको गोरखापत्रमा प्रकाशित सार्वजनिक सूचना बमोजिम मिति २०८० साल जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरी सोको जानकारी मिति २०८० साल जेठ १६ गते कार्यालय समयभित्र काठमाडौं महानगरको शिक्षा विभागमा र इमेल [email protected] मा अनिवार्य रूपले पठाउन सूचित गरिएको थियो।

धेरै विद्यालयहरूले उक्त सूचनाका आधारमा छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गर्ने गर्नु भएको छ। वहाँहरूलाई हामी धन्यवाद दिन चाहन्छौँ। (विद्यालयको विवरण काठमाडौं महानगरपालिकाको वेबसाइट https://kathmandu.gov.np मा हेर्न सकिनेछ)।

काठमाडौँ महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ एवं काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उल्लङ्घन गरी हालसम्म छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने तपसिलका विद्यालय (IEMIS CODE भएका) ले मिति २०८० साल जेठ २८ गतेभित्र नियमानुसार छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गर्न आग्रह गर्दछौँ।

यदि अनियमअनुसार विवरण पेस नगरेमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा यस ऐन वा अन्य प्रचलित कानुन बमोजिम हदै सम्मको कारबाही गरिने छ।

सबै विवरण प्राप्त भएपछि हामी छात्रवृत्तिको लिस्ट सार्वजनिक गर्नेछौँ।

छात्रवृत्ति नदिने स्कुलहरू

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .