ad ad

ग्लोबल


ओडिशा रेल दुर्घटनाबाट बाइडेन दुःखी, जारी गरे विज्ञप्ति

ओडिशा रेल दुर्घटनाबाट बाइडेन दुःखी, जारी गरे विज्ञप्ति

अमेरिकी राष्ट्रपति जो बाइडेन


नेपालखबर
जेठ २१, २०८० आइतबार ७:५६, काठमाडौँ

अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले भारतको ओडिशा राज्यस्थित बालासोरमा भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा जो र जिल बाइडेन भारतमा भएको भीषण रेल दुर्घटनाबाट निकै दुःखी भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यस दुर्घटनामा आफ्ना प्रियजन गुमाउने तथा घाइते भएकाहरूप्रति हाम्रो हार्दिक समवेदना छ। अमेरिका र भारतबीच गहिरो सांस्कृतिक सम्बन्ध छ, जसले यी दुई देशलाई एकताबद्ध गराउँछ। शोकको यस घडीमा पूरै अमेरिकाका जनता भारतका जनताको साथमा छन्।’ 

भारतको बालासोरमा शुक्रबार साँझ तीनवटा रेल एकसाथ दुर्घटना हुँदा अहिलेसम्म २८८ जनाको ज्यान गएको विवरण सार्वजनिक भएको छ।  

अहिले दुर्घटनास्थलमा ट्र्याक मर्मतको काम भइरहेको बीबीसी हिन्दीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .